ट्रेण्डिङ

होमपेज / राजनीति

मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

नेपालगाथा २०७९ माघ २३ गते सोमबार १४:०२:१० मा प्रकाशित

 काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’ शेखर पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top