होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता मोहले नेपालको राजनीति प्रणाली अराजक उन्मुख हुँदै गएको बताएका छन्। आइतबार संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले जस्तोसुकै बाटो र विधि अपनाएर सत्तामा पुग्ने नीतिलाई लोकतन्त्र भन्न नसकिने बताए।
सधैं सत्तामा रहने जस्तोसुकै बाटो र विधि अपनाएर सत्ता लिने नीतिलाई लोकतन्त्र भन्न सकिदैन,उनले भने। राष्ट्रिय हितलाई तिलाञ्जली दिएर भएपनि सत्ता प्राप्त गर्ने व्यवहारले राज्यका सबै प्रणालीहरू समाप्त हुँदै गएको उनको भनाइ छ।
उनले सत्ता मोहले नै लोकतन्त्र समाप्त हुँदै गएको बताए। अध्यक्ष ओलीले लोकतन्त्रलाई जीवनको संज्ञा दिए। उनले भने,लोकतन्त्र शाब्दिक शब्द मात्र होइन। यो जीवन पनि हो। उनले राष्ट्रको सम्पूर्ण विकास र समृद्धिका लागि सबै नेपालीलाई समान व्यवहार,अधिकार र पहुँच हुनुपर्ने बताए।