ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीको टिप्पणी- कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको छ

नेपालगाथा २०७९ माघ २२ गते आइतबार १४:४०:४९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको भविष्यको आकार दिने राजनीति आफैँ दिशाविहीन बनेर भैपरी आउने अवसर कुरेर बसेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरे । 

उनले भने, ‘राजनीतिक परिवर्तनपछि अहिलेसम्म कुनै सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन । राजनीतिक स्थायित्वको अपेक्षा भएको संविधान जारी भएको सात वर्षभित्र सातजना प्रधानमन्त्री फेरिए । हामीले राजनीतिक स्थायित्वको साथ संविधान जारी गर्‍यौं तर अझै वर्षमा एउटा प्रधानमन्त्री । हाम्रो चाहान स्थिरता भएपनि प्राप्ति अस्थिरता हुनपुग्यो ।’

उनले अहिले सत्ता बाहिर बसेर कांग्रेसले असंसदीय व्यवहार देखाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top