ट्रेण्डिङ

होमपेज / राजनीति

रविलाई प्रचण्डले भने– अहिले तपाईंलाई केही दिन सक्दिनँ

नेपालगाथा २०७९ माघ २२ गते आइतबार १४:१२:१३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् ।

 शनिबार साँझ र आइतबार बिहान रास्वपा सभापति रवि लामिछानेले प्रचण्डलाई भेटेका थिए । सो भेटमा प्रचण्डले गृह मन्त्रालयको विकल्प सोच्न भनेका हुन् । प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका स्रोतको दावी छ ।

लामिछानेले शनिबार साँझ पनि प्रधानमन्त्रीलाई भेटेका थिए । उनी प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बालुवाटार स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top