होमपेज / राजनीति
काठमाडौं । पार्टीको बैठक बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी बैठकका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।
प्रधानमन्त्रीले गृहको सट्टा भौतिक पूर्वाधार लिन रास्वपालाई प्रस्ताव गरेका थिए तर लामिछाने पदमुक्त भएपछि पुनः पुरानै जिम्मेवारीमा फर्कन चाहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकाे अहिले बैठक जारी छ । बैठकपछि सभापति लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।