होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।
शनिबार राति साढे ८ बजे आकस्मिक रुपमा बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय कार्यसमिति संसदीय दलको संयुक्त बैठक सुरु भएकाे एक नेताले जानकारी दिए । नेताहरू केन्द्रीय कार्यालयतर्फ लागेका छन् । रास्वपाले आफूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो। गृह नपाएमा सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो। बिहीबार बसेको संयुक्त बैठकले दुई दिनको समय दिएको थियो।
नागरिकता प्रकणमा सांसद हुन अयोग्य ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेका सबै पद खारेज गरिदिएपछि उनी उप्रधानमन्त्री तथा गृहमन्त्री र सांसदबाटसमेत पदमुक्त भएका थिए ।