होमपेज / राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म मात्रै थेग्ने दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकलाई आज संबोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौं-खटपट सुरु भइसकेको छ’, उनले भने । अध्यक्ष नेपालले सत्ता गठबन्धनमा आएको समस्यालाई लक्षित गर्दै राष्ट्रपतिको निर्वाचनसम्म गठबन्धन अगाडि बढे पनि त्यसभन्दा पछाडि नरहने संकेत गरेका हुन् ।