होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादी ९एस० का अध्यक्ष माधव नेपाल केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कम्युनिस्ट पार्टीभन्दा अन्य दलसँग निकट देखिएका छन् ।
कीकृत समाजवादीले नेकपा एमाले दक्षिणपन्थी अवसरवादी र नेकपा माओवादी ढुलमुले भएको आरोप लगाएको छ । समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो आरोप लगाइएको हो । ‘दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ, यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध छैन’ उनले भनेका छन् । अध्यक्ष नेपालले कांग्रेसलाई पुँजीवादी वर्गचरित्रको पार्टी तर संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
अध्यक्ष नेपालले नेकपा माअेावादी केन्द्र भने ढुलमुले चरित्रको रहेको बताएका छन् । उनले भनेका छन्, ‘माओवादी ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी हो र सत्तास्वार्थ निम्ति जुनसुकै बेला कादम चाल्न सक्ने अस्थिर र ढुलमुले चरित्र छ।’