ट्रेण्डिङ

होमपेज / राजनीति

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

नेपालगाथा २०७९ माघ २० गते शुक्रबार १८:२९:१६ मा प्रकाशित

काठमाडौं । मधेस प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तार गरेकाे छ।

आज अर्थमन्त्री सञ्जय कुमार यादव, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यावद, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानी तथा ऊर्जा विकासमन्त्री सिंहासिङ कलवार, कानुमन्त्री राजकुमार लेखी र महिला बालिकालिका मन्त्री मोहम्मद जयद आलमले शपथ लिएका हुन् ।यसैगरी सामाजिक विकास राज्यमन्त्रीमा शेख अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्री केशव राय, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय कुमार यादवले पनि शपथ लिए ।

तर, भागबन्डा नमिलेपछि नेकपा (माओवादी केन्द्र) सहभागी भएन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सरोज यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर माओवादी तयार नभएपछि सरकारमा सहभागी भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top