ट्रेण्डिङ

होमपेज / राजनीति

रविलाई गृहमन्त्री बनाउन किन चाहियो पूर्णपाठ ? कण्ठ पार्ने हाे र ? : ओली

नेपालगाथा २०७९ माघ १९ गते बिहीबार १४:५३:०८ मा प्रकाशित

काठमाडौं ।  सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउने बताएका छन् । 

ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने बताएका छन्। बिहीबार मोरङको विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वसहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउने बताएका हुन् । 'सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउँछ,' उनले भने, 'गृह मन्त्रालय नदिँदा विवाद हुनु स्वाभाविक हो । ' 

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

Top