ट्रेण्डिङ

होमपेज / राजनीति

रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने

नेपालगाथा २०७९ माघ १७ गते मंगलबार १४:२२:१२ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका लामिछानेले आफ्नो पार्टीलाई मंगलबार बेलुकासम्म गृहमन्त्री नदिए सरकार छाड्ने चेतावनी दिएका स्रोतले बताएको छ। रवि आफैं गैरसांसदका रूपमा सरकारमा सहभागी भएर गृहमन्त्री हुन चाहन्छन्। भेटमा लामिछानेले आजै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका थिए। बालुवाटार स्रोतका अनुसार बेलुकासम्ममै सपथ ग्रहण गराउन लामिछानेले अनुरोध गरेका थिए। तर, प्रचण्ड दोहोरो राहदानीको विवाद  समाधानपछि मात्र निर्णय गर्नुपर्ने पक्षमा छन्।

नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन: नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुन: पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top