ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले 'महावै गाउँपालिका–सुर्खेत' सम्पर्क मञ्च गठन

नेपालगाथा २०७९ माघ १७ गते मंगलबार ११:५०:१२ मा प्रकाशित

सुर्खेत । कालिकाेटकाे महावै गाउँपालिकाबाट सुर्खेत आएर विभिन्न पेशा. व्यवसायमा संलग्न भएका नेकपा एमालेप्रति आस्था र विचार मिल्नेहरुले 'महावै गाउँपालिका–सुर्खेत' सम्पर्क मञ्च गठन गरेका छन् । साेमबार सुर्खेतकाे वीरेन्द्रनगरमा भेला भएका महावै गाउँपालिकाका व्यक्तिहरुले मञ्च गठन गरेका हुन् ।

नेकपा एमाले महावै गाउँ कमिटीका अध्यक्ष हरिबहादुर शाहीको अध्यक्षतामा बसेको भेलाले नवीन शाहीकाे अध्यक्षतामा  ७ सदस्यीय कमिटी गठन गरेकाे छ । उक्त कमिटीकाे उपाध्यक्षमा आशिष अधिकारी  र भवन विक चयन भएका छन् । यसैगरी मञ्चकाे सचिवमा प्रकाश काफ्ले सर्वसहमत चयन भएका छन् । मञ्चका अन्य पदाधिकारी र सदस्यहरुकाे चयन यही माघ २१ गते बस्ने मञ्चकाे बैठकले पूर्णता दिने मञ्चका सचिव प्रकाश काफ्लेले नेपालगाथालाई जानकारी दिए । 

 उक्त भेलामा नेकपा एमाले कालिकोट जिल्ला कमिटी सचिवालय सदस्य तथा महावै गाउँ कमिटी इन्चार्ज विविखण शाही र कालिकोट–काठमाडौं सम्पर्क मञ्चका निवर्तमान साचिव लक्षमण ढकालको समेत उपस्थिति रहेकाे थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top