ट्रेण्डिङ

होमपेज / राजनीति

अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

नेपालगाथा २०७९ माघ १६ गते सोमबार ११:३८:५२ मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता सकेर नुल्याण्ड सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेकी हुन्। भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ।

नुल्याण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top