ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगे

नेपालगाथा २०७९ माघ १५ गते आइतबार १७:०४:३१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी हुने बताइएको छ। छलफलमा नागरिकता विवाद समाधान भएपश्चात् शुक्रबारमात्र उपप्रधानसहित गृह मन्त्रालय गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा ल्याउने वा नल्याउने विषयमा कुराकानी भइरहेको छ । 

नागरकिता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top