ट्रेण्डिङ

होमपेज / राजनीति

जनताको अवस्था परिवर्तन गर्न सञ्चार जगत लाग्नुपर्ने मुख्यमन्त्री शर्माको माग

नेपालगाथा २०७९ माघ १५ गते आइतबार १४:२६:३४ मा प्रकाशित

 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले देशको व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको भन्दै सञ्चार जगतले देशको अवस्था परिवर्तनका मुद्दामा अग्रसर हुनुपर्ने बताएका छन् । 
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश कमिटीको आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले आफु कर्णालीका जनताको कामदार भएको बताउँदै ‘म कामदार हुँ, म कामदारलाई सहि तरिकाले काम दिनुहुने छ, साथै कर्णाली समृद्धिको अभियानमा पत्रकारिता जगतले सहयोग गर्नेछ । अहिलेको माग भनेकै अवस्था परिवर्तनको हो, त्यतातर्फ हामी सबै केन्द्रित हुनुपर्ने देखिन्छ । सञ्चार जगतले समस्या मात्र नभई समस्याको समाधान गर्नतर्फ केन्द्रीत हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top