होमपेज / राजनीति
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीच भेटवार्ता भएको छ ।
बालेनले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । यसअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई थापाथलीको सुकुमबासी हटाउन सहयोग मागेको थियो । तर, गृह मन्त्रालयले विकल्पविना सहयोग गर्न नसक्ने जवाफ फर्काएपछि प्रमुख शाह गृहमन्त्री भेट्न पुगेका हुन् ।
बालेनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनले केही समन्वयको अभाव भएपनि प्रहरी र प्रशासनले असयोग गरेको भन्दै टिप्पणी गरेको छलफलमा सहभागी एकले बताए ।