होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीति र विभिन्न पार्टीसँग एकताको विषयमा छलफल हुने बताइएको छ । बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मितिसमेत तोक्नेछ ।