ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

नेपालगाथा २०७९ माघ १२ गते बिहीबार १४:०९:२८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रियसभा सदस्यको उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । प्रचण्ड प्रधानमन्त्री भएपश्चात् उत्पन्न विभिन्न आशंका मेटाउन र मन माझामाझका लागि भेटवार्ताले तीव्रता पाएको नेताहरू बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top