होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने तयारी गरेको छ ।
एमाले परित्याग गरेर स्वतन्त्र चुनाव लडेका भुसाल पुस २९ गते नेकपा एस प्रवेश गरेका थिए । नेकपा एसले उनलाई सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ । अहिले सचिवालय सदस्यकै भूमिकामा रहेका भूसाललाई महासचिव बनाउने गरी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।