ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीमा मन्त्रिपरिषद्ले पायो पूर्णता

नेपालगाथा २०७९ माघ ११ गते बुधबार १८:२२:४३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशमा राजकुमार शर्मा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शर्माले बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । जसअनुसार भौतिक पूर्वाधार , ऊर्जा तथा जलस्रोत मन्त्रीमा मुगु २ का मंगलबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुर्खेत १ (२) का कृष्णबहादुर जिसी ‘जितेन्द्र’, भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रीमा सल्यान १ का भिम प्रसाद शर्मा नियुक्त भएका छन् । 

उनीहरु तीनै जना नेकपा माओवादी केन्द्रका हुन् । यता एमालेबाट भने आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोदकुमार शाह दैलेख २(२), सामाजिक विकास मन्त्रीमा टेकराज पछाई जुम्ला २ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा जीतबहादुर मल्ल  मुगु १ नियुक्त भएका छन् ।

यसअघि ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा एउटा मन्त्रालय घटाएर ७ सदस्यीय बनाइएको हो । मुख्यमन्त्री शर्माले साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने छन् भने त्यसपछि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने समयझदारी छ । शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभन्दा पहिला आलो–पालोको सहमति भएको बताइएको छ ।  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top