होमपेज / राजनीति
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नियुक्त गरेका ८ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेशमा रहेका १४ मन्त्रालयलाई ११ मा झार्ने निर्णय गरेको थियो। बागमती सरकारको ११ मन्त्रालय कायम गर्ने निर्णयअनुसार एमाले र माओवादीबाट चार/चार तथा राप्रपाबाट तीनजना सरकारमा सहभागी छन् । त्यस्तै एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् ।
त्यस्तै राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् ।