होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशमा मङ्गलवार मन्त्रालयको भागबन्डाको टुङ्गो लागेको छ । सत्तारुढ दल नेकपा एमाले र माओवादीबीचको सहमतिमा मन्त्रालयको टुङ्गो लगाएको हो ।
भागबन्डा लागेको मन्त्रालयमा नेकपा माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानून र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।
त्यस्तै आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय एमालेकाे भागमा परेको छ ।
मन्त्रालयकाे टुङ्गो लागेसँगै नेकपा एमालेबाट नेता टेकराज पछाई, शेरबहादुर बुढाको मन्त्री बन्ने चर्चा छ भने नेकपा माओवादीबाट भिमप्रकाश शर्मा र उर्मिला विश्वकर्माकाे मन्त्री बन्ने सम्भावना रहेको छ ।
बुधबार नै मन्त्रीहरूको छनोट प्रक्रिया सकेर शपथ हुनेछ ।