ट्रेण्डिङ

होमपेज / राजनीति

वाग्मती प्रदेशमा ११ मन्त्रालय कायम हुने,आज बेलुका मन्त्रिपरिषद् विस्तार

नेपालगाथा २०७९ माघ ११ गते बुधबार ०५:०१:५९ मा प्रकाशित

हेटौँडा । वाग्मती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । 

नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउनका लागि तयार पारेको कार्यदलले दिएको सुझावका आधारमा प्रदेशमा बढीमा ११ वटा मन्त्रालय कायम गरिने भएको हो । प्रदेशमा कायम रहेको मन्त्रालयको संख्या हालको तुलनामा ३ वटा घटाउने र राज्यमन्त्री नियुक्त नगर्ने सहमति भएको बताइएको छ ।प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाका अनुसार प्रदेशमा कायम भएको साविकको मन्त्रालयलाई एक आपसमा समायोजन गरी ११ वटा कायम गर्ने सुझाव दिइएको छ ।

आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top