होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
राष्ट्रिय योजना आयोगको अध्यक्ष समेत रहेका प्रधामन्त्री पुष्पकमल दाहालले श्रेष्ठलाई आजै पद तथा गोपनियताको शपथ खुवाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
श्रेष्ठ यस भन्दा अगाडी २०७३ मा पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।