होमपेज / राजनीति
जनकपुरधाम । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएको संघीय सांसद प्रदीप यादवले जानकारी दिए। उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।मधेश प्रदेशको मुख्यमन्त्री पनि जनता समाजवादी पार्टीले पाएको छ। त्यहाँ सरोज यादव मुख्यमन्त्री छन्।