ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

नेपालगाथा २०७९ माघ ६ गते शुक्रबार १६:०२:४० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सभाका ४० जना सदस्य मध्ये २५ जना सदस्यले माओवादी केन्द्रका संसदीय दलका नेता मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वसाको मत दिएका छन् । 

मुख्यमन्त्री शर्मालाई माओवादी केन्द्रका १३ एमालेका ९,एकीकृत समाजवादीका १,राष्ट्रिय प्रजातन्त्र पार्टीक १ र स्वतन्त्र १ गरी जम्मा २५ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् । जबकी सरकार सञ्चालनका लागि जम्मा २१ मतको आवश्यकता पर्छ । यस भन्दा अघि सम्पन्न भएकाे सभामुख र उपसभामुखको निर्वाचनमा भने स्वतन्त्र सांसदले मत दिएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top