ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय युवा संघको नवौं महाधिवेशन बाँकेमा

नेपालगाथा २०७९ माघ ५ गते बिहीबार २२:०३:२५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय युवा संघले नवौं महाधिवेशन आगामी २७ देखि २९ चैतसम्म बाँकेमा गर्ने निर्णय गरेको छ ।

संघले  जारी गरेको सर्कुलर अनुसार नवौं राष्ट्रिय महाधिवेशन २७ देखि २९ चैतसम्म लुम्बिनी प्रदेशको बाँके जिल्लामा आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन भएको छ ।

यस्तै, आगामी फागुन मसान्तभित्र अनिवार्य रूपमा सम्पूर्ण मातहतका कमिटी (वडा, पालिका र जिल्ला) को अधिवेशन सम्पन्न गर्ने भएको छ ।

२ माघमा सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले मातहत कमिटी अधिवेशनलाई भव्य, प्रभावकारी तथा परिणाममुखी बनाउनका निम्ति वैधानिक व्यवस्थाका अलावा साउन ०७९ मा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट पारित मातहत कमिटी अधिवेशन निर्देशिका तथा कार्यविधि लाई विशेष आधार बनाउनुपर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top