ट्रेण्डिङ

होमपेज / राजनीति

घिमिरेको पक्षमा मतदान गर्न माओवादी केन्द्रका प्रमुख सचेतको आग्रह

नेपालगाथा २०७९ माघ ५ गते बिहीबार १३:०६:४१ मा प्रकाशित

काठमाडौँ । बिहीबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरूलाई आग्रह गरेका छन् । 

प्रमुख सचेतक पाण्डेले, ‘हामी नेपालको सुशासन, समृद्धिका साथ अब सम्पूर्ण  नेपाली जनतालाई एकताबद्ध बनाएर सदनको माध्यमबाट हामी सबै जनतालाई व्यवस्थित गरेर अब नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षाका साथ अगाडि बढ्नुपर्ने जो दायित्व छ । त्यसका लागि यो सदनमा अव हामीले व्यवस्थित र प्रभावकारी बनाउनका लागि आज हामी जो निर्वाचन गर्दैछौँ । त्यसका लागि माननीय देवराज घिमिरे योग्य हुनुहुन्छ, सक्षम हुनुहुन्छ ।

त्यसैले उहाँलाई यस सदनको नेतृत्वको रूपमा सभामुख पदमा यहाँ भएका सबै दलहरू, स्वतन्त्र माननीयज्यूहरू सबैले उहाँको पक्षमा मतदान गरिदिने हुनेछ । त्यही अपिल सम्माननीय सभामुखज्यूमार्फत सम्पूणर् माननीयज्यूहरूलाई अनुरोध गर्दछु ।’ भन्दै सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्दै प्रमुख सचेतक पाण्डेले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन उनलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क समेत गरे ।

प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकताबद्ध भएर अघि बढाउन पनि  घिमिरेको नेतृत्वमा संघीय संसद भए सहज हुने दाबी समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top