ट्रेण्डिङ

होमपेज / राजनीति

विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी राख्नैपर्ने

नेपालगाथा २०७९ माघ ४ गते बुधबार १८:०४:४२ मा प्रकाशित

 काठमाडौं । मन्त्रीहरूले विदेशी प्रतिनिधिलाई जथाभावी भेट्ने र परराष्ट्र मन्त्रालयमा कुनै रकेर्ड नहुने भएपछि सरकारले अब त्यसमा सुधार गर्ने निर्णय गरेको छ ।

सरकारले मन्त्रीहरुले कूटनीतिक नियोग र विदेशी प्रतिनिधिलाई भेट्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नु पर्ने राख्नु पर्ने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।  'कूटनीतिक नियोग तथा विदेशी प्रतिनिधिलाई भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य रुपमा राख्नु पर्ने निर्णय गरेको छ,' उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने ।

आजको मन्त्रिपरिषद् बैठकमा धेरैजसो निर्णय अर्थमन्त्रालयसँग सम्बन्धित रहेको एक मन्त्रीले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top