ट्रेण्डिङ

होमपेज / राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए सदनमा उपस्थित सबै सांसदको विश्वासको मत

नेपालगाथा २०७९ माघ ४ गते बुधबार १७:१९:५२ मा प्रकाशित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका छन् ।

बुधबार प्रदेश सभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा १०२ सांसद उपस्थित थिए। उपस्थित १०२ जना सांसदले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिएका हुन्।  

मुख्यमन्त्री यादवले नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदको समर्थन पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top