होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेश सभाकाे उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित भएकी छिन् । बुधबार बसेको प्रदेशसभा बैठकले उपसभामुखमा न्यौपानेलाई बहुमतसहित निर्वाचित गरेको हो ।
माओवादी केन्द्रका समानुपातिक सांसद न्यौपानेले २४ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत ल्याइन् । न्यौपानेलाई सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाले मत दिएको थियो ।
कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ भने मतदानमा सहभागी भइनन् । यसअघि आइतबार प्रदेश सभाले गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो । ४० सदस्यीय कर्णाली प्रदेश सभामा ३८ सांसदले मतदानमा भाग लिएका थिए ।