ट्रेण्डिङ

होमपेज / राजनीति

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाइ सदनबाट विश्वासको मत प्राप्त

नेपालगाथा २०७९ माघ ३ गते मंगलबार १६:३१:५३ मा प्रकाशित

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् ।  

उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका छन् । उनलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा (एस) र हाम्रो नेपाली पार्टीका १०५ सांसदले विश्वासको मत दिएका थिए । मतदान प्रक्रियामा १०९ सांसदको उपस्थित थिए । 

पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top