होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरु राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन् ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देनसहित अन्य मन्त्रीहरु दर्शनका लागि पशुपति मन्दिर लागेका हुन् । पशुपति मन्दिर दर्शनपछि सिंहदरबारमा आआफ्ना मन्त्रालयमा पदबहाली गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनीहरु शीतलनिवासबाट सीधै पशुपतिनाथ लागेका हुन् ।