ट्रेण्डिङ

होमपेज / राजनीति

अनेरास्ववियुकाे विद्यार्थी भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगाथा २०७९ माघ २ गते सोमबार २०:३७:१३ मा प्रकाशित

प्रकाश काफ्ले, सुर्खेत । अनेरास्ववियु जिल्ला कमिटी कालिकोटको आयोजनामा सुर्खेतको होटल अशोकामा विद्यार्थी भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभाका मन्त्री विनोदकुमार शाहले सामाजिक, सांस्कृतिक र व्यक्तिकाे व्यक्तित्व विकासका लागि युवाकाे भूमिका महत्वपूर्ण हुने बताउनुभयाे । विद्यार्थी र युवा भनेका समाजका महत्वपूर्ण अंग भएकाे बताउँदै मन्त्री शाहले समाज र देशकाे अवस्थालाइ बुझेर युवाले अध्यन अध्यापन र असल मार्गमा लाग्नुपर्ने बताउउनुभयाे ।

कार्यक्रमका विशेष अतिथि कर्णाली प्रदेश सभा सदस्य दक्षिणा शाहीले कालिकाेटबाट सुर्खेत आएर भविष्य बनाउन लागेका सबैलाइ सही मार्गमा लागेर लक्ष्यमा पुग्न शुभकामना दिनुभयाे । 

स्थापनाकालदेखि नै विद्यार्थीको बलियो संगठनका रूपमा स्थापित भएको अनेरास्ववियुले अबको दिनमा थप जिम्मेवारी वाेधका साथ काम गर्नुपर्ने वक्ताहरुले बताएका छन् । कार्यक्रमका सहभागीहरुले विद्यार्थीको साथी पुस्तक भएको भन्दै सबै क्षेत्रमा विद्यार्थी सक्षम र सफल हुन अध्ययन अध्ययन गर्ने बानीकाे विकास गर्नुपर्ने बताएका छन्।

त्यस्तै कार्यक्रमका अन्य वक्ताहरुले अनेरास्ववियु विद्यार्थीका हरेक समस्या समाधानका लागि सधैं लागिरहने एउटा बलियो र सशक्त संगठन भएकाले याे संगठन सधैं विद्यार्थीको अविभावक हुने बताएका छन्। 

कार्यक्रमअनेरास्ववियु कालिकोट जिल्ला कमिटी अध्यक्ष धर्मबहादुर शाहीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top