होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।
उनलाई शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यमा मनोनित गरेको पार्टी उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। ४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । नेकपा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।