ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित

नेपालगाथा २०७९ पौष ३० गते शनिबार १४:१९:१० मा प्रकाशित

विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् ।

कांग्रेसका तर्फबाट लिलाकुमारी राईको उम्मेद्बारी परे पनि दनुवारलाई बहुमत प्राप्त भयाे । सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भएका थिए ।  उदयपुरकी ४६ वर्षीया दनुवार समानुपातिकबाट सांसद बनेकी थिइन् । उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको हो । उनलाई उपसभामुख पदमा मत दिन्न भन्ने पक्षमा ३३ मत परेको छ ।

सत्तागठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको ६० सांसदमध्ये ५७ जनाले दनुवारको पक्षमा मतदान गर्दा सभामुख बाबुराम गौतम तटस्थ बसे । एमालेका दुई सांसद मत विभाजनका क्रममा उपस्थित थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top