होमपेज / राजनीति
धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुख पदमा नेपाली कांग्रेसका मानबहादुर रावलले मनोनयन दर्ता गराएका छन् ।
उनको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माओवादीले सुदूरपश्चिमको सभामुख लिने सहमति भएको छ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९ जना प्रदेशसभा सदस्य छन् ।