होमपेज / राजनीति
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् ।
मंगलबार मुख्यमन्त्री अधिकारीले २९ पुसमा विश्वासको मत लिने कार्यसूची तय गरिदिन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । ‘आज बिहान गरेको छलफलबाट विश्वासको मत लिने भन्ने भएको छ । बाँकी छलफलमै छौं’, मन्त्री गुरुङले भने ।
मुख्यमन्त्री अधिकारीले एमालेकी सीताकुमारी सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।