होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी नहुने गरी विश्वासको मत दिने बताएका छन् ।
प्रधामन्त्री प्रचण्डले मागेको विश्वासको मतमाथिको छलफलमा सहभागी हुँदै सभापति देउवाले भने, 'संविधानको रक्षाका लागि उभिनुहुनेछ भन्ने विश्वासका साथ प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । तर, सरकारमा भने सहभागी हुनेछैनौँ, जिम्मेवार प्रतिपक्षका रूपमा रहन्छौँ ।'
देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन् ।