होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने खेलतिर लागेर समय वर्वाद मात्र हुने टिप्पणी गरेका छन्।
आफू प्रधानमन्त्री भएको बेला दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेका ओलीले त्यो काम सही भएको जिकिर गरेका थिए । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गदै पूर्व प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन प्रतिगमन हो भने संसदीय व्यवस्थाको जननी बेलायतमा हिजो अस्ति पनि प्रतिगमन भएको बताए ।
वर्तमान सत्ता गठबन्धन संविधानको रक्षा गर्दै राष्ट्रहितको पक्षमा उभिने अध्यक्ष ओलीले बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा ओलीले प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको जिकिर गर्दै भने‚ 'नेपालमा बडो हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन भनेको प्रतिगमन हो कि ! बेलायतमा त कतिपल्ट प्रतिगमन भएछ त्यसो भए त ! संसदीय प्रणालीको जन्मदाता देशामा प्रतिगमन अस्तिसम्म भएको थियो । यति धेरै जान्ने पनि अलिक नहौं कि !’