ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको पहिलो बैठक,रवि लामिछानेको पहिलो सम्बोधन

नेपालगाथा २०७९ पौष २५ गते सोमबार १४:१७:०३ मा प्रकाशित

काठमाडौं । मंसिर ४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सोमबार बसेको छ ।

गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा पहिलो सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दै जनताले जानेर या नजानेर अहिले मिलाएर मत दिएको बताए ।  लामिछानेले आफूहरूलाई जनताले परिवर्तनको लागि मत दिएको बताएका छन्।

पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको इतिहासमा राजनीतिक दलको उदय हुनु ठुलो कुरा होइन। हामीले जुन समयमा मत पाएका छौँ। त्यो दल र व्यक्तिलाई दिएको मत मात्रै होइन। यो मुलुकमा परिवर्तन आवश्यक छ भनेर जनताले बजाएको घण्टी हो। यो घण्टीको आवाजलाई सदन र सिंगो देशले सुन्नेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top