ट्रेण्डिङ

होमपेज / राजनीति

गठबन्धनमा प्रदेशको भागबन्डामा सहमति जुट्यो,मुख्यमन्त्री र सभामुखमा पनि आलोपालो

नेपालगाथा २०७९ पौष २५ गते सोमबार ०५:५७:०५ मा प्रकाशित

काठमाडौं । प्रदेश सरकारको भागवण्डा मिलाएर एमाले माओवादी नेतृत्वको सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि विश्वासको मत दिन आह्वान गरेको छ । 

आइतबार साँझ बालुवाटारमा बसेको बैठकले सहमति जुटाएको हो । प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा ५ वर्ष नै एकल नेतृत्वको सरकार बन्ने छ भने मधेश, बाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुनेछ । वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । दोस्रो कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।

सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले चलाउँदा दोस्रो कार्यकाल माओवादीले चलाउनेछ। सहमतिअनुसार प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भइसकेका छन् । ता मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने छ।

यस्ताे छ भागवण्डा

मुख्यमन्त्री

प्रदेश १ – एमाले

मधेश- जनता समाजवादी र जनमत पार्टी आलोपालो

बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो

गण्डकी र लुम्बिनी – एमाले

कर्णाली – माओवादी केन्द्र

सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो ।

सभामुख:

मधेस, कर्णाली – एमाले सभामुख

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी

बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी

उपसभामुख: 

प्रदेश १ र गण्डकी- एमाले

बागमती र कर्णाली- माओवादी

लुम्बिनी- राप्रपा

मधेश प्रदेश- जनमत पार्टी

सुदूरपश्चिम- नागरिक उन्मुक्तिलाई प्रस्ताव

प्रतिक्रिया

सम्बन्धित खवर

Top