ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै

नेपालगाथा २०७९ पौष २५ गते सोमबार ०५:५१:१६ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । 

आजको बैठकको सुरुआतमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।  प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

नयाँ सभामुख निर्वाचित नहुन्जेल ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बैठक सञ्चालन गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top