होमपेज / राजनीति
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ ।
आइतबार दुई पार्टीका प्रमुखहरु क्रमशः सीके राउत र रञ्जिता श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय समावेश छन् ।
उनीहरुबीच विभिन्न १२ बुँदामा सहमति भएको छ।