ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीले प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने

नेपालगाथा २०७९ पौष २४ गते आइतबार १४:३३:४९ मा प्रकाशित

विराटनगर । माओवादीले प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ ५ बजेसम्म सरकार गठनको लागि समय दिएकोमा गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री दाबी गर्ने भएका हुन् । बैठकले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि पार्टीबाट मन्त्री हुनेहरूको नामबारे निर्णय गर्ने प्रदेश सांसद गणेश उप्रेती ‘शुशिल’ ले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top