ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिँदैन: गगन थापा

नेपालगाथा २०७९ पौष २३ गते शनिबार १८:०१:३४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिने बताएका छन् ।

शनिबार दिउँसो पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विश्वासको मतबारे निर्णय गर्न २६ गतेको भाका राखेको हो। उनले आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए । उनले अन्य दलहरू मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेका  बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे । 

‘जुन दिन प्रधानमन्त्रीले विश्वासको मतको निम्ति आफूलाई प्रस्तुत गर्नुहुन्छ, त्यसै दिन बिहान ९ बजे हामी बैठक बस्छौं। त्यो बैठकपछि निर्णय गर्छौं', संसदीय दलको बैठकपछि कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले भने, ‘यो पुरानो प्रचलन पनि हो, विश्वासको मत लिने दिन नै हामी बस्ने र छलफल गर्ने। त्यही दिन बस्छौँ, छलफल गर्छौँ र निधो गर्छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top