होमपेज / राजनीति
काठकाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई लक्षित गर्दै छिमेकी पर्खालबाट पसेर सरकार फेर्नुपर्ने भन्दै लागिरहेको बताएका छन्।
शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा ओलीले भने, "अहिले असफल पार्ने प्रयास बेस्सरी भइरहेका छन् । नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नुभयो– वी विल कमब्याक । उहाँहरूले २६ गते नै आउँछौँ भनेको हो । उहाँहरूले यस्तो खुद्रा खेल खेलिरहनुभएको अहिले । पार्टीहरूमा बाडिरहनुभएको छ, प्रधानमन्त्री । एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ । उहाँहरू च्याँखे थापेर बस्नुहुन्छ ।"
ओलीले २६ पुसमा सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
‘हाम्रा मित्रहरू ढोकाबाट होइन। पर्खालमाथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन्,’ उनले भने।