ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीको अफर गरेकाे हाे?

नेपालगाथा २०७९ पौष २२ गते शुक्रबार १४:४२:२७ मा प्रकाशित

काठमाडौं ।  सत्ता गठबन्धन भत्काउन नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीसहित एक मुख्यमन्त्रीको अफर गरेको समाचार बाहिरिएको छ।

पुष्पकमल दाहाल (प्रचण्ड)नेतृत्वको सरकारलाई ढालेर नयाँ सरकार बनाउने भन्दै कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै प्रस्ताव गरेका थिए। ‘कांग्रेससँग टेलिफोनमा कुरा भएको थियो, हामीलाई प्रधानमन्त्रीको प्रस्ताव आएको हो। हामीले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरिसकेकाले हामी पदको लागि लोभी पापी होइनौं भनेर जवाफ फर्काएका छौं ‘ राप्रपा  उपाध्यक्ष ध्रुवबहादुर प्रधानले भने।

राप्रपाका महामन्त्री भुवन पाठकका अनुसार प्रस्ताव आएपनि त्यस विषयमा कुनै निर्णय भने भइसकेको छैन। उनका अनुसार अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री र बागमती प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसले प्रस्ताव गरेको छ।  उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय लिएर राप्रपा सरकारमा जाने भएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति मध्ये कुनै एक संवैधानिक पद लिन अफर गरे पनि राप्रपा भने प्रचण्ड नेतृत्वको सरकारमा जान तयार भएको हो ।  

‘प्रधानमन्त्री र राष्ट्रपति मध्ये एउटा संवैधानिक पद लिने अफर कांग्रेसले गरेको छ तर, राप्रपाले एमालेसँगको सहकार्य तोड्दैन,’ राप्रपाका एक नेताले भने । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top