होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् । सदनको पहिलो बैठकको एजेण्डा तय गर्न बोलाइएको बैठक संघीय संसद भवन बानेश्वरमा बसेको हो । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् ।