होमपेज / राजनीति
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा रिटकर्ता पक्षको बहस सकिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा उक्त मुद्दामा सुनुवाइ भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहसका क्रममा रिट निवेदक पक्षले सांसद पद खारेज हुनुपर्ने जिकिर गरेको छ । अधिवक्ता रविराज वसौला र युवराज पौडेलले दायर गरेको रिटमाथि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा बहस भइरहेको छ । इजलासमा न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्ह र प्रकाशमान सिंह राउत छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताए ।